काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
संस्थाको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त लाभांश संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।
संस्थाले लाभांश प्रस्ताव पारित गर्न पन्ध्रौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। साधारणसभा आगामी पुस ८ गते बुधबार काठमाडौंको त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा आयोजना हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।