काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राख्दै इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूबाट खरिदका लागि आवेदन माग गरेको छ।
बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको २० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले उक्त सेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीहरूलाई दिएको हो।
बैंकका अनुसार इच्छुक संस्थापक सेयरधनीहरूले सूचना पहिलोपटक प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात तथा प्रमाणसहित आवेदन दिनुपर्नेछ।
आवेदन बैंकको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ। आवेदनमा आफूले खरिद गर्न चाहेको सेयर संख्या स्पष्ट खुलाउनुपर्ने बैंकले जनाएको छ।
तोकिएको ३५ दिनको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा बाह्य खरिदकर्तालाई समेत उक्त संस्थापक सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले स्पष्ट पारेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।