काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको ७ हजार कित्ता सेयर बिक्री गर्ने भएको छ। संस्थाले संस्थापक सेयरधनी सुचित्रा पन्त शाहको नाममा रहेको ७ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो।
सेयर बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिनुपर्ने व्यवस्थाअनुसार संस्थाले यसअघि ३५ दिने सूचना प्रकाशित गरेको थियो। तर, तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि निवेदन प्राप्त नभएपछि संस्थाले सर्वसाधारणका लागि समेत सेयर बिक्री खुला गरेको हो।
संस्थाले उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक सर्वसाधारणहरूलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित लिखित निवेदन पेस गर्न आह्वान गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।