काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको १० हजार कित्ता सेयर बिक्री गर्ने भएको छ।
संस्थाले विद्यमान संस्थापक सेयरधनी खेमानन्द ज्ञवालीको स्वामित्वमा रहेको १० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो।
लघुवित्तले एक सूचना प्रकाशित गर्दै उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिइएको जनाएको छ।
संस्थाका अनुसार सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित संस्थाको केन्द्रीय कार्यालय धुलिखेलमा निवेदन दिनुपर्नेछ।
बिक्रीमा राखिएको सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने सूचनामा उल्लेख छ।
तोकिएको समयसीमाभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने लघुवित्तले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।