काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको सामूहिक लगानी कोषहरूलाई छुट्याइएको साधारण सेयरको लकइन अवधि आगामी पुस १० गते समाप्त हुने भएको छ।
कम्पनीले सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको सेयरको लकइन अवधि समाप्त हुन लागेको जानकारी गराएको हो।
कम्पनीको जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।
उक्त सेयरमध्ये ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको थियो।
कम्पनीका अनुसार सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएका ती सेयरको सर्वसाधारणमा बाँडफाँट भएको मितिले ६ महिनाको लकइन अवधि आगामी २०८३ पुस १० गते समाप्त हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।