काठमाडौँ । नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेको छ ।
बुधबार प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, आज चाँदीको मूल्य ३५ रुपैयाँ बढेको छ । बुधबार प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३ हजार ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।