बिहीबार, मंसिर १०,२०८३ 02:11:29
  • बिहीबार, मंसिर १०,२०८३ 02:11:29
Global IME Bank Limited

नेप्से सुधार निर्देशनमै सीमित, स्पष्ट निर्णय नहुँदा पुनर्संरचना अन्योलमा !

Bizshala
नेप्से सुधार निर्देशनमै सीमित, स्पष्ट निर्णय नहुँदा पुनर्संरचना अन्योलमा !
New Office

काठमाण्डौ । सेयर बजारलाई आधुनिक र प्रतिस्पर्धी बनाउने नेप्से पुनर्संरचनाको योजना सरकारी निर्णयको अभावमा अल्झिएको छ। अर्थ मन्त्रालयले अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिए पनि स्वामित्व परिवर्तन, सेयर विनिवेश र रणनीतिक साझेदार भित्र्याउने विषयमा स्पष्ट खाका नदिँदा प्रक्रिया अघि बढ्न नसकेको हो।

मन्त्रालयले असोज १३ गते नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई प्रकाशजंग थापा नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन गर्न पत्र पठाएको थियो। तर सरकारी सेयर आंशिक वा पूर्ण रूपमा बिक्री गर्ने, मूल्य कसरी निर्धारण गर्ने र कुन संरचना अपनाउने भन्ने विषय स्पष्ट नहुँदा दुवै निकाय अन्योलमा छन्।

CG Motors
Garima Development Bank
IME remit

समितिले बोनस सेयरमार्फत नेप्सेको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ पुर्‍याउने, रणनीतिक साझेदारलाई १५ देखि २५ प्रतिशत स्वामित्व दिने र उक्त सेयरमा कम्तीमा १० वर्षको लक–इन राख्ने सुझाव दिएको छ। 

सरकारी लगानी क्रमशः विनिवेश गर्ने, स्वतन्त्र विज्ञको बाहुल्य हुने सञ्चालक समिति बनाउने तथा प्रविधि र लगानी उपकरण विस्तार गर्ने सिफारिससमेत प्रतिवेदनमा छन्।

स्रोतका अनुसार नेप्सेको सीईओदेखि सञ्चालक समितिसम्मका नियुक्तिमा राजनीतिक प्रभाव तथा पद र सुविधासँग जोडिएका स्वार्थले पनि पुनर्संरचनामा ढिलाइ भएको खुलेको छ। धितोपत्र बोर्ड स्रोतका अनुसार सरकारबाट हुनुपर्ने निर्णय नगरी प्रतिवेदन कार्यान्वयनको पत्र पठाउँदैमा प्रक्रिया अघि बढ्न सक्दैन।

विभिन्न अध्ययन र प्रतिवेदन तयार भए पनि ठोस निर्णय नहुँदा लगानीकर्ताले अपेक्षा गरेका आधुनिक सेवा, नयाँ उपकरण र व्यावसायिक सञ्चालनका प्रस्ताव कार्यान्वयनमा अन्योल कायमै छ। अब पुनर्संरचनाको मोडल तय गरेर कार्यान्वयनको बाटो खोल्ने जिम्मेवारी अर्थ मन्त्रालय र सरकारकै तहमा पुगेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.