बिहीबार, मंसिर १०,२०८३ 02:21:38
  • बिहीबार, मंसिर १०,२०८३ 02:21:38
Global IME Bank Limited

जनकपुर–अयोध्या रेल शनिबारदेखि नियमित, भाडा भारु ३६५ देखि १३६० सम्म

Bizshala
जनकपुर–अयोध्या रेल शनिबारदेखि नियमित, भाडा भारु ३६५ देखि १३६० सम्म
New Office

 

काठमाण्डौ । जनकपुरधाम र भारतको अयोध्या जोड्ने सरयू–कमला एक्सप्रेस रेल शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ। साप्ताहिक रूपमा चल्ने रेलको भाडा श्रेणीअनुसार ३६५ देखि १ हजार ३६० भारतीय रुपैयाँ निर्धारण गरिएको छ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका अनुसार नियमित सेवा सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको एक साता नबित्दै रेल व्यावसायिक सञ्चालनमा आउन लागेको हो।

निर्धारित तालिकाअनुसार रेल प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्याका लागि छुट्नेछ। अयोध्याबाट भने सोमबार जनकपुरधामका लागि प्रस्थान गर्नेछ। यो सेवाले दुवै देशका तीर्थयात्रीलाई जनकपुरधाम र अयोध्याबीच यात्रा गर्न सहज बनाउने अपेक्षा गरिएको छ।

टिकट कहाँबाट लिने?

भारतीय रेल्वेले टिकट बुकिङ खुला गरिसकेको छ। नेपालतर्फ भने बिहीबार दिउँसोदेखि जनकपुरधाम रेल्वे स्टेसनबाट टिकट बिक्री सुरु गर्ने व्यवस्था मिलाइएको नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले बताएका छन्।

पराजुलीले रातोपाटीलाई दिएको जानकारीअनुसार केही प्राविधिक काम बाँकी रहे पनि नेपालबाट टिकट लिन चाहने यात्रुका लागि जनकपुरधाम स्टेसनमा व्यवस्था गरिएको छ। अनलाइनबाट बुकिङ गर्न चाहनेले भारतीय रेल्वेको प्रणाली प्रयोग गर्न सक्नेछन्।

नेपाली यात्रुले टिकट लिन नेपाल सरकारले जारी गरेको नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमध्ये कुनै एउटा प्रस्तुत गर्नुपर्नेछ।

CG Motors
Garima Development Bank
IME remit

कुन श्रेणीको भाडा कति?

भारतको रेल्वे मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चार श्रेणीको भाडादर यस्तो छः

श्रेणीभाडा (भारतीय रुपैयाँ)
शयनयान अर्थात् स्लीपर३६५
वातानुकूलित तृतीय इकोनोमी८८५
वातानुकूलित तृतीय९६५
वातानुकूलित द्वितीय१३६०

रेलमा कुल १७ वटा डिब्बा रहनेछन्। त्यसमध्ये वातानुकूलित द्वितीय श्रेणीका दुई, तृतीय श्रेणीका तीन, तृतीय इकोनोमी श्रेणीका तीन, शयनयान श्रेणीका सात र एसएलआरका दुई डिब्बा हुनेछन्।

धार्मिक पर्यटन विस्तार हुने अपेक्षा

जनकपुरधाम र अयोध्याबीचको सीधा रेल सम्पर्कले धार्मिक यात्रासँगै पर्यटन प्रवर्धनमा सहयोग पुग्ने स्थानीयवासीको अपेक्षा छ।

जनकपुरधाम–१ का देव नारायण ठाकुरले विवाहपञ्चमी, रामनवमीलगायत धार्मिक अवसरमा दुवै सहरबीच हुने तीर्थयात्रीको आवागमन रेल सेवाले सहज बनाउने बताएका छन्। यसबाट भारतीय श्रद्धालुलाई जनकपुरधामसम्म आकर्षित गर्नसमेत मद्दत पुग्ने उनको भनाइ छ।

रेल सेवासँगै जनकपुरधामका जानकी मन्दिर, राममन्दिर, विवाहमण्डप तथा मिथिला संस्कृतिको प्रचारप्रसारलाई पनि अघि बढाउनुपर्नेमा स्थानीयवासीले जोड दिएका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.