चाडपर्वमै सुस्त जनकपुरको बजार, नयाँ स्टक थन्कियो; सटरभाडा तिर्नसमेत व्यवसायीलाई सकस
काठमाण्डौ । दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदा जनकपुरधामका मुख्य बजारमा चहलपहल बढ्नुपर्ने समय हो । तर यसपटक अवस्था उल्टो देखिएको छ । बजारमा मानिसको आवतजावत देखिए पनि किनमेल नबढ्दा व्यवसायी निराश बनेका छन् ।चाडपर्वलाई लक्षित गरेर नयाँ कपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक्स तथा अन्य उपभोग्य सामानको स्टक थपेका व्यवसायी अहिले बिक्री नहुँदा चिन्तित छन् । कतिपयले...

