काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले एनआइसी एशिया बैंक र ग्लोबल आइएमई बैंकको मूल्य समायोजन गरेको हो ।
एनआइसी एशिया बैंकले ५० प्रतिशत हकप्रद निष्कासनका लागि बुकक्लोज गरेसँगै ३२५ रुपैयाँको आधारमा २५० रुपैयाँ कायम गरेको छ ।
साथै ग्लोबल आइएमई लघुवित्तको ६ प्रतिशत बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै ११११ रुपैयाँका आधारमा १०४८.११ रुपैयाँ कायम गरेको छ ।
सोही मूल्यकै आधारमा शुक्रबार यी दुबै कम्पनीको कारोबार खुल्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।