काठमाण्डौ । एक्स्ट्रिम इनर्जी ड्रिंकले जाडो मौसमलाई लक्षित गर्दै ‘विन्टर अफर’ सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ६ जना भाग्यशाली उपभोक्तालाई सुनको क्यान उपहार प्रदान गरिने कम्पनीले जनाएको छ।
योजनामा सहभागी हुन उपभोक्ताले एक्स्ट्रिमको जुनसुकै स्वादको क्यान खरिद गरी त्यसमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ। स्क्यान गरेपछि मागिएका विवरण दर्ता गरेर उपहार योजनामा सहभागिता जनाउन सकिने कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार प्रत्येक महिना राष्ट्रिय टेलिभिजनमार्फत लक्की ड्र आयोजना गरी विजेता घोषणा गरिनेछ। यसरी छनोट हुने भाग्यशाली उपभोक्ताले सुनको क्यान प्राप्त गर्नेछन्।
एक्स्ट्रिमले क्लासिकसहित पाँच फरक स्वादमा आफ्ना उत्पादन बजारमा उपलब्ध गराएको अवसरमा यो अभियान सुरु गरेको जनाएको छ। नयाँ स्वादको विस्तारसँगै उपभोक्तासँगको सम्बन्ध थप मजबुत बनाउने उद्देश्यले उपहार योजना ल्याइएको कम्पनीको भनाइ छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।