काठमाडौं । नासा सेक्युरिटिज कम्पनी लिमिटेड राष्ट्रिय कर दिवसको अवसरमा सबैभन्दा बढी आयकर योगदान गर्ने सेवा व्यवसाय श्रेणीको कम्पनीका रूपमा सम्मानित भएको छ।
आन्तरिक राजस्व विभाग, नेपाल सरकारबाट आर्थिक वर्ष २०८१/८२ मा सेवा व्यवसाय श्रेणीअन्तर्गत सबैभन्दा बढी आयकर योगदान गरेको भन्दै कम्पनीलाई सम्मान प्रदान गरिएको हो।
कम्पनीले व्यवसायको वृद्धि र विस्तारसँगै राज्यप्रतिको दायित्व पूरा गर्नु तथा राष्ट्रको समग्र प्रगतिमा योगदान पुर्याउनुलाई आफ्नो प्रमुख जिम्मेवारीका रूपमा लिएको जनाएको छ।
यस सम्मानले आगामी दिनमा अझ बढी प्रतिबद्धता र जिम्मेवारीबोधका साथ अघि बढ्न प्रेरणा मिलेको कम्पनीले जनाएको छ।
राष्ट्रिय कर दिवसका अवसरमा प्राप्त यस सम्मानलाई कम्पनीले आफ्नो व्यावसायिक यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।