काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ४ प्रतिशतको वृद्धि भएको छ। यससँगै प्रतिऔंस सुनको मूल्य करिब ३ हजार ६८० अमेरिकी डलर पुगेको छ। एक वर्षभन्दा लामो अवधिकै न्यून बिन्दुमा झरेको सुनको मूल्यमा पुनः तीव्र सुधार देखिएको हो।
एनभिडियाले जेन्सेन ह्वाङलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा पुनः नियुक्त गरेपछि बजारमा सकारात्मक प्रभाव परेको थियो। यससँगै यसअघि सेयर बजारमा आएको गिरावट र मार्जिन कलका कारण सुन बजारमा भएको बिक्री दबाब कम हुँदै जाँदा लगानीकर्ताले पुनः सुन खरिद गर्न थालेका हुन्। समग्र बजारमा जोखिम लिन लगानीकर्ताको आकर्षण बढे पनि सुनको मूल्यमा भने सुधार देखिएको छ।
गत साता नगद सञ्चित गर्ने होड र अमेरिकी ब्याजदर अपेक्षाकृत थप कडा हुन सक्ने अनुमान बढेपछि सुनको मूल्य ९ प्रतिशतले घटेको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।