काठमाडौं । पूर्वी नेपालको सीमा क्षेत्रमा आज बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः१७ मिनेटमा भूकम्प गएको हो।
केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार ताप्लेजुङको ओलाङचुङगोलानजिक भूकम्पको केन्द्रविन्दु रहेको छ। तिब्बतसँग सीमा जोडिएको उक्त क्षेत्रको भूकम्पको धक्का कोशी प्रदेशका केही जिल्लामा समेत महसुस गरिएको छ।
भूकम्पबाट भएको सम्भावित क्षतिको विवरण प्राप्त भइसकेको छैन।
यसैबीच, अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्पको केन्द्रविन्दु भारतको सिक्किम राज्यस्थित मंगनबाट करिब ६७ किलोमिटर टाढा र १० किलोमिटर गहिराइमा रहेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।