शुक्रबार, मंसिर ११,२०८३ 01:13:25
  • शुक्रबार, मंसिर ११,२०८३ 01:13:25
Global IME Bank Limited

नेपाल पुनर्बीमा कम्पनीले २० अर्ब चुक्तापूँजी पुर्‍याउन हकप्रद सेयर जारी गर्ने, साधारणसभामा प्रस्ताव लैजाने

Bizshala
नेपाल पुनर्बीमा कम्पनीले २० अर्ब चुक्तापूँजी पुर्‍याउन हकप्रद सेयर जारी गर्ने, साधारणसभामा प्रस्ताव लैजाने
New Office

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चुक्तापूँजी २० अर्ब रुपैयाँ पुर्‍याउने उद्देश्यले हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले हाल कायम चुक्तापूँजीमा थप पूँजी वृद्धि गर्न हकप्रद सेयर निष्कासनको प्रस्ताव आगामी वार्षिक साधारणसभामा लैजाने निर्णय गरेको हो।

कम्पनीका अनुसार नेपाल सरकारको सेयर स्वामित्व विद्यमान प्रतिशत (४४.०३९००५१०१९२६) नघट्ने गरी हकप्रद सेयरमा लगानी गर्ने र पूँजी वृद्धि गर्ने सहमति प्राप्त भइसकेको छ।

सोही सहमतिका आधारमा कम्पनीले नेपाल सरकारको लगानीबाहेक थप आवश्यक रकम हकप्रद सेयरमार्फत जुटाउने तयारी गरेको हो।

CG Motors
Garima Development Bank
IME remit

कम्पनीको सञ्चालक समितिको मिति २०८३ मंसिर ११ गते बसेको बैठकले हकप्रद सेयर निष्कासनमार्फत चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव वार्षिक साधारणसभामा पेस गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिको निर्णयअनुसार साधारणसभाबाट प्रस्ताव पारित भएपछि आवश्यक नियामकीय स्वीकृति प्राप्त गरी हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढ्नेछ।

यद्यपि, कम्पनीले जारी गर्ने हकप्रद सेयरको अनुपात तथा निष्कासनको समयतालिका भने पत्रमा खुलाएको छैन।

कम्पनीको यो निर्णयले विद्यमान सेयरधनीहरूलाई थप लगानी गर्नुपर्ने अवस्था सिर्जना गर्न सक्नेछ। साथै, हकप्रद सेयरमार्फत जुट्ने पूँजीले कम्पनीको पूँजीगत आधार थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.