काठमाण्डौ । लुम्बिनी विकास कोषले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा सञ्चालन गरिएका पसलहरू २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ।
कोषले सार्वजनिक सूचना जारी गर्दै पवित्र उद्यान क्षेत्र, शान्ति द्वीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा अनुमतिबिना सञ्चालन गरिएका पसल तत्काल हटाउन सम्बन्धित व्यवसायीहरूलाई निर्देशन दिएको हो।
कोषका अनुसार गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा स्वीकृतिबिना विभिन्न पसल राखिएको तथा सञ्चालन भइरहेको पाइएपछि यस्तो निर्देशन जारी गरिएको हो।
कोषले सूचना जारी भएको २४ घण्टाभित्र त्यस्ता पसल तथा व्यापारिक सामग्री सम्बन्धित व्यवसायीले आफैँ हटाएर लैजानुपर्ने स्पष्ट पारेको छ।
तोकिएको समयसीमाभित्र पसल नहटाए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत कोषले दिएको छ।
भगवान् गौतम बुद्धको जन्मस्थलको धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वलाई ध्यानमा राख्दै गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा अनधिकृत व्यापारिक गतिविधि नियन्त्रण गर्न कोषले यस्तो कदम चालेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।