लुम्बिनीका निषेधित क्षेत्रमा सञ्चालित पसल २४ घण्टाभित्र हटाउन निर्देशन, अटेर गरे कारबाही
काठमाण्डौ । लुम्बिनी विकास कोषले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा सञ्चालन गरिएका पसलहरू २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ।कोषले सार्वजनिक सूचना जारी गर्दै पवित्र उद्यान क्षेत्र, शान्ति द्वीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा अनुमतिबिना सञ्चालन गरिएका पसल तत्काल हटाउन सम्बन्धित व्यवसायीहरूलाई...

