काठमाडौं । अमेरिकी अर्बपति एलन मस्कले अमेरिकाका सबै बालबालिकालाई हरेक वर्ष स्पेसएक्सको एक–एक सेयर दिने घोषणा गरेपछि कम्पनीको सेयर मूल्य वैकल्पिक कारोबार मञ्च ब्लु ओसन एटीएसमा ७.४७ प्रतिशतले बढेको छ। मस्कले सामाजिक सञ्जाल एक्समार्फत उक्त घोषणा गरेका हुन्।
यसअघि स्पेसएक्सले सक्रिय ट्रम्प अकाउन्ट भएका प्रत्येक बालबालिकालाई क्लास ए सेयरको एक कित्ता दिने घोषणा गरेको थियो। कम्पनीको योगदानमा मस्कले व्यक्तिगत रूपमा पनि बराबरको सेयर थप्ने प्रतिबद्धता जनाएका छन्।
मस्कका अनुसार कम्पनीले आफ्नोतर्फबाट दिने सेयर आगामी महिना हस्तान्तरण गर्नेछ भने उनको व्यक्तिगत योगदान आगामी वर्ष जुनमा लकअप अवधि सकिएपछि उपलब्ध हुनेछ।
ह्वाइट हाउसका अनुसार गत अक्टोबरसम्म करिब सात करोड ट्रम्प अकाउन्ट खोलिएका थिए। गत जुलाईमा कार्यक्रम सुरु भएयता यी खातामा परिवार तथा साथीभाइबाट एक अर्ब डलरभन्दा बढी रकम जम्मा भएको छ।
सबै स्रोतबाट भएको कुल जम्मा नौ अर्ब डलर नाघेको सीएनबीसीले जनाएको छ।यसअघि बुधबार स्पेसएक्सको सेयर मूल्य १.३० प्रतिशतले बढेर बन्द भएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।