शुक्रबार, मंसिर ११,२०८३ 07:03:20
  • शुक्रबार, मंसिर ११,२०८३ 07:03:20
Global IME Bank Limited

अमेरिकामा शक्तिशाली आँधी : विद्युत आपूर्ति बन्द, उडानहरू अवरुद्ध

Bizshala
अमेरिकामा शक्तिशाली आँधी : विद्युत आपूर्ति बन्द, उडानहरू अवरुद्ध
New Office

काठमाडौं। अमेरिकाको पूर्वी तटीय क्षेत्रमा बिहीबार आएको शक्तिशाली आँधीका कारण थ्याङ्क्सगिभिङ पर्व प्रभावित भएको छ । तीव्र हावाहुरी र भारी वर्षासँगै आएको आँधीले झण्डै १० लाख घरपरिवार तथा व्यावसायिक ग्राहकको विद्युत् सेवा अवरुद्ध बनाएको छ भने हवाई उडानसमेत प्रभावित भएका छन् ।

अमेरिकाको राष्ट्रिय मौसम सेवाका अनुसार केही क्षेत्रमा हावाको गति प्रतिघण्टा ७० माइल (११२ किलोमिटर)सम्म पुगेको थियो । तीव्र हावाका कारण रुख तथा विद्युत्का खम्बा ढलेका छन् भने तटीय क्षेत्रमा बाढी आएको छ ।

उडानसम्बन्धी विवरण दिने संस्था फ्लाइटअवेयरका अनुसार अमेरिकासँग सम्बन्धित ४४० उडान रद्द भएका छन् भने दुई हजार २०० भन्दा बढी उडान ढिलाइ भएका छन् । वासिङ्टन र न्यूयोर्क क्षेत्रका प्रमुख विमानस्थल बढी प्रभावित भएका थिए ।

CG Motors
Garima Development Bank
IME remit

पावरआउटेज डट युएसका अनुसार बिहीबार साँझसम्म नौ लाख ६१ हजारभन्दा बढी ग्राहक विद्युत् सेवाबाट वञ्चित भएका थिए । पेन्सिल्भेनिया, न्युजर्सी, मेरिल्यान्ड र भर्जिनियामा सबैभन्दा बढी विद्युत् अवरोध देखिएको थियो ।

आँधीको जोखिमका कारण न्यूयोर्कमा आयोजना हुने म्यासिज थ्याङ्क्सगिभिङ डे परेडसमेत स्थगित गरिएको छ । परेडको शतवार्षिकीका अवसरमा आयोजना हुन लागेको उक्त कार्यक्रम खराब मौसमका कारण सारिएको यो पहिलो पटक हो ।

मौसम सेवाले मध्य–एटलान्टिक क्षेत्रमा रातिदेखि मौसम क्रमशः सुधार हुने जनाए पनि शुक्रबार पूर्वी तटका केही क्षेत्रमा प्रतिघण्टा २५ देखि ३५ माइलको गतिमा हावा चल्न सक्ने चेतावनी दिएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा आँधी र बाढीबाट प्रभावित क्षेत्रका लागि करिब १० करोड अमेरिकी डलर सङ्घीय सहायता स्वीकृत गरेको बताएका छन् । उक्त रकममा हरिकेन इसायाससँग सम्बन्धित यसअघि स्वीकृत सहायता पनि समावेश रहेको उनले जनाए ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.