काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको सुविधाका लागि विशेष ट्रली सेवा सञ्चालनमा ल्याइएको छ।
विमानस्थलले आन्तरिक प्रस्थान कक्ष तथा आगमन क्षेत्रमा यात्रुको आवागमन सहज, सुरक्षित र आरामदायी बनाउने उद्देश्यले उक्त सेवा सुरु गरेको हो।
यो सेवाबाट विशेषगरी ज्येष्ठ नागरिक, गर्भवती महिला, शारीरिक रूपमा असहज अवस्थामा रहेका यात्रु तथा धेरै वा गह्रौँ सामान बोकेका यात्रु लाभान्वित हुने अपेक्षा गरिएको छ।
विमानस्थल प्रशासनले ट्रली सेवाका नाममा कसैले रकम माग गरेमा तत्काल उजुरी गर्न यात्रुलाई आग्रह गरेको छ।
यात्रुले ट्रली सेवासहित विमानस्थलका अन्य सेवासम्बन्धी गुनासो वा समस्या भएमा आन्तरिक टर्मिनलका ड्युटी अफिसरलाई ०१–४११३२९९ नम्बरमा सम्पर्क गरी जानकारी गराउन सक्नेछन्।
विमानस्थलका अनुसार यात्रुको आवश्यकता, सुझाव तथा उपलब्ध स्थानलाई ध्यानमा राख्दै आगामी दिनमा यो सेवालाई थप व्यवस्थित र विस्तार गर्दै लगिनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।