शुक्रबार, मंसिर ११,२०८३ 06:53:59
  • शुक्रबार, मंसिर ११,२०८३ 06:53:59
Global IME Bank Limited

भारतसँग हवाई रुटमा सहमति, भैरहवा र पोखरा विमानस्थल सञ्चालनको सम्भावना बढ्यो

Bizshala
भारतसँग हवाई रुटमा सहमति, भैरहवा र पोखरा विमानस्थल सञ्चालनको सम्भावना बढ्यो
New Office

काठमाडौँ। नेपाल र भारतबीच अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा सहमति जुटेसँगै भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनको सम्भावना बढेको छ ।

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको मङ्सिर ६ र ७ गते भएको भारत भ्रमणका क्रममा दुई देशबीच हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको बी३४५ काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको हो । दुई देशका प्रधानमन्त्रीबीचको वार्तापछि जारी संयुक्त वक्तव्यमा उक्त विषय समेटिएको छ ।

सहमति कार्यान्वयनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतका सम्बन्धित निकायका प्राविधिक टोलीले आवश्यक काम अघि बढाएका छन् । नयाँ रुटको प्रवेशबिन्दु, जहाजको उडान उचाइ, हवाई ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रक्रियाबारे दुवै पक्षले प्राविधिक छलफल गरी टुङ्गो लगाउनेछन् ।

आवश्यक प्रक्रिया पूरा भएपछि नेपाल र भारतले आ–आफ्नो एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन (एआइपी)मा सूचना प्रकाशित गर्नेछन् । त्यसपछि मात्र नयाँ हवाई मार्ग औपचारिक रूपमा सञ्चालनमा आउनेछ ।

CG Motors
Garima Development Bank
IME remit

नयाँ रुट सञ्चालनमा आएपछि पश्चिमी क्षेत्रबाट नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय जहाजले थप विकल्प पाउनेछन् । यसले उडान दूरी र समय घटाउनुका साथै इन्धन खर्च कम गर्न तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चाप व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न यसले सकारात्मक आधार तयार गर्ने विश्वास गरिएको छ । सहज हवाई प्रवेश र बहिर्गमन मार्गको अभावलाई यी विमानस्थलको व्यावसायिक सञ्चालनमा देखिएको चुनौतीमध्ये एक मानिँदै आएको छ ।

यसैगरी नेपालले भारतसँग महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा र जनकपुरबाट थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन माग गर्दै आएको छ । भारत महेन्द्रनगरबाट ३९ हजार फिट उचाइमा जहाज प्रवेश गराउन सहमत भएको जनाइएको छ भने भैरहवा र जनकपुरका अन्य प्रस्तावबारे थप छलफल हुन बाँकी छ ।

क्यानका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनले भैरहवा हवाई मार्ग दुईतर्फी हुँदा पश्चिमबाट नेपाल आउने जहाजको उडान समय, इन्धन खपत र सञ्चालन खर्च घट्ने बताए ।

नेपालले एक दशकभन्दा लामो समयदेखि थप हवाई प्रवेशमार्गका लागि भारतसँग कूटनीतिक पहल गर्दै आएको थियो । पछिल्लो सहमतिलाई नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार र क्षेत्रीय विमानस्थलको उपयोग बढाउने दिशामा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

यद्यपि नयाँ रुटको सहमतिले मात्रै भैरहवा र पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्दैन । त्यसका लागि प्राविधिक प्रक्रिया पूरा हुनुका साथै वायुसेवा कम्पनीको व्यावसायिक चासो, यात्रु माग र आवश्यक पूर्वाधारसमेत महत्त्वपूर्ण हुनेछन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.