काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस ६ गते २५औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ। संस्थाले साधारणसभाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तावित पारित गर्ने भएको हो ।
संस्थाले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य मुनाफाबाट चुक्तापुँजीको १३.०३६९ प्रतिशत नगद लाभांश र ११.९६३१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।
संस्थाको हाल कायम चुक्तापुँजी ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार १०१ रुपैयाँ ५० पैसा रहेको छ।
सञ्चालक समितिले उक्त चुक्तापुँजीको १३.०३६९ प्रतिशतले हुन आउने ४७ करोड १५ लाख ८० हजार १२६ रुपैयाँ ८८ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त रकममा बोनस सेयर र नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।
त्यस्तै, संस्थाले चुक्तापुँजीको ११.९६३१ प्रतिशतले हुन आउने ४३ करोड २७ लाख ३५ हजार ८९८ रुपैयाँ ५० पैसा बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।