छिमेक लघुवित्तले प्रस्ताव गर्यो २५ प्रतिशत लाभांश
काठमाडौं। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२र८३ को नाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।कम्पनीको बुधबार अपराह्न बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ११.९६३१ प्रतिशत बोनस सेयर र १३.०३६९ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो

