काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरूको नाममा रहेको ५ लाख १८ हजार ३९१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिँदै आवेदन आह्वान गरेको हो।
इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको सेयर रजिस्ट्रार कुमारी क्यापिटल लिमिटेडको नक्साल, नागपोखरीस्थित कार्यालय वा कुमारी बैंक लिमिटेडको टंगालस्थित प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा संस्थापकबाहेक अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।