कुमारी बैंकको ५,२५४ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडको ५ हजार २५४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा कायम रहेको उक्त परिमाणको संस्थापक सेयर बिक्री गर्न इच्छा जनाएपछि बैंकले विद्यमान संस्थापक सेयरधनीलाई खरिदका लागि आवेदन दिन आह्वान गरेको हो।

