काठमाडौं । कुमारी बैंक लिमिटेडको ५ हजार २५४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा कायम रहेको उक्त परिमाणको संस्थापक सेयर बिक्री गर्न इच्छा जनाएपछि बैंकले विद्यमान संस्थापक सेयरधनीलाई खरिदका लागि आवेदन दिन आह्वान गरेको हो।
सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले बैंकको सेयर रजिस्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय, टंगालमा आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको संस्थापक सेयरको मूल्य विक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।
तोकिएको ३५ दिनको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा उक्त सेयर संस्थापक सेयरधनीबाहेक अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले स्पष्ट पारेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।