गुल्मी । गुल्मीको कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । चट्टानसहितको पहिरो खसेपछि गएरातिदेखि सडकमा यातायात ठप्प भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी र स्थानीय तहको समन्वयमा पहिरो हटाउने प्रयास भइरहेको छ । प्रहरी टोली घटनास्थलमा खटिएको छ ।
तिहारको समयमा सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी र पोखरातर्फ जाने सवारीसाधन तथा यात्रु रातिदेखि नै बीच बाटोमा रोकिएका छन् । पछिल्लो समय कालीगण्डकी करिडोर जिल्लाको व्यस्त सडकमध्ये एक बनेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।