काठमाडौं। एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङको भविष्यबारे चर्चा भइरहेका बेला अमेरिकी अर्बपति एलन मस्कले उनलाई आफ्नो कम्पनीमा काम गर्ने अवसर दिनु सम्मानको विषय हुने बताएका छन्।
मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा वित्तीय समाचार प्रकाशन गर्ने जिरोहजको एउटा पोस्टमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।
यसैबीच, एआई लगानीकर्ता गेविन बेकरले अर्को पोस्टमार्फत एनभिडियाको सञ्चालक समितिले हुआङलाई पदबाट हटाउने निर्णय गर्नुअघि स्वतन्त्र अनुसन्धानको नतिजा कुर्नुपर्ने बताएका थिए। उक्त पोस्टमा मस्कले पनि समर्थन जनाउँदै ‘१००’ को इमोजी राखेका थिए।
हुआङको नेतृत्वमा रहेको एनभिडियाले सन् २०२५ को अन्त्यतिर मस्कको एआई कम्पनी एक्सएआईमा दुई अर्ब अमेरिकी डलरसम्म लगानी गर्ने सहमति गरेको थियो।
यसअघि सन् २०२५ को अक्टोबरमा सीएनबीसीसँगको कुराकानीमा हुआङले एक्सएआईमा थप लगानी नगरेकोमा आफूलाई पछुतो लागेको बताएका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।