काठमाडौँ। कुमारी बैंक लिमिटेडका विभिन्न संस्थापक सेयरधनीको नाममा कायम रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री गरिने भएको छ।
संस्थापक सेयरधनीहरूले आफ्नो नाममा कायम उक्त संस्थापक सेयर बिक्री गर्न बैंकसमक्ष निवेदन दिएपछि नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम बिक्री गर्ने प्रस्ताव गरिएको बैंकले जनाएको छ। संस्थापक सेयर बिक्री गर्नुअघि विद्यमान संस्थापक सेयरधनीलाई नै खरिद गर्ने पहिलो हक हुने भएकाले उनीहरूका लागि सूचना प्रकाशित गरिएकोमा तोकिएको अवधिभित्र कुनै आवेदन नपरेको बैंकले जनाएको छ।
त्यसपछि संस्थापक समूहबाहेकका इच्छुक सर्वसाधारणले समेत उक्त सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। इच्छुकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको सेयर रजिस्ट्रार कुमारी क्यापिटल लिमिटेड, काठमाडौँ–१, नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौँ–२, टंगालमा आवेदन दिनुपर्नेछ।
उक्त संस्थापक सेयरको बिक्री मूल्य विक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।