काठमाडौँ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
सञ्चालक समितिले आर्थिक वर्ष २०८३ असार मसान्तसम्म कायम रहेको संस्थाको चुक्तापूँजी २५ करोड ५८ लाख ४३ हजार ६२१ रुपैयाँ ५८ पैसाका आधारमा लाभांश प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशमध्ये ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश रहेको छ। कम्पनीले २ करोड ४३ लाख ५ हजार १४४ रुपैयाँ ८ पैसा बराबरको बोनस सेयर र १२ लाख ७९ हजार २१८ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांशको कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको छ। यसअनुसार कम्पनीले कुल २ करोड ५५ लाख ८४ हजार ३६२ रुपैयाँ १९ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।