काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीमा बेपत्ता भएका ४८ जिल्लाका ३ हजार ९१५ नेपाली नागरिकलाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले सरकारसमक्ष सिफारिस गरेको छ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको समितिको ३८औँ बैठकले स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रमाणित विवरणका आधारमा यस्तो निर्णय गरेको हो।
बैठकमा सात विदेशी नियोगबाट पुष्टि भएका ६२३ विदेशी नागरिकको विवरणसमेत प्रस्तुत गरिएको थियो। उनीहरूको हकमा सम्बन्धित नियोगबाट प्राप्त विवरणका आधारमा प्रक्रिया अघि बढाइएको जनाइएको छ।
विपद्मा बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सक्ने कानुनी व्यवस्थाअनुसार विवरण प्रमाणीकरण गरी सरकारसमक्ष सिफारिस गरिएको हो।
बैठकले विपद् व्यवस्थापनसँग सम्बन्धित तीन महत्त्वपूर्ण योजना पनि स्वीकृत गरेको छ। जसमा २०८७ सालसम्म सबै समुदायमा प्रकोपसम्बन्धी पूर्वसूचना पुर्याउने लक्ष्यसहितको ‘सबैका लागि पूर्वसूचना राष्ट्रिय मार्गचित्र, २०८३–२०८७’, वन डढेलो जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना र वायु प्रदूषणजन्य विपद् व्यवस्थापनको राष्ट्रिय कार्ययोजना रहेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।