शुक्रबार, मंसिर ११,२०८३ 08:33:41
  • शुक्रबार, मंसिर ११,२०८३ 08:33:41
Global IME Bank Limited

मजदुरका छोरा भूषण ठाकरे केबीसीमा बने करोडपति, खल्तीमा २४ रुपैयाँ लिएर पुगेका थिए मुम्बई

Bizshala
मजदुरका छोरा भूषण ठाकरे केबीसीमा बने करोडपति, खल्तीमा २४ रुपैयाँ लिएर पुगेका थिए मुम्बई
New Office

काठमाडौं । भारतको महाराष्ट्रस्थित जलगाउँ जिल्लाका २८ वर्षीय भूषण ठाकरेले लोकप्रिय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ (केबीसी) मा एक करोड रुपैयाँ जितेका छन्। मजदुरी गरेर परिवार पाल्ने बुबाका छोरा भूषणको करिब एक दशकदेखिको सपना साकार भएको छ।

भूषणका बुबा भूमिहीन मजदुर हुन् भने उनकी आमा लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेकी छन्। आमाको आठदेखि नौ पटक शल्यक्रियासमेत भइसकेको छ। आर्थिक अवस्था कमजोर हुँदा छोराको पढाइ खर्च जुटाउन उनकी आमाले बचत गरेर किनेका सुनका गहना बेच्नुपरेको थियो।

इतिहास विषयमा स्नातकोत्तर गरेका भूषण हाल राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययनसँगै भारतको संघ लोक सेवा आयोग (यूपीएससी) परीक्षाको तयारी गरिरहेका छन्। उनी परिवारबाट टाढा भुसावलस्थित छात्रावासमा बसेर अध्ययन गर्दै आएका छन्।

CG Motors
Garima Development Bank
IME remit

भूषणले सन् २०१६ मा १८ वर्षको उमेरदेखि केबीसीमा सहभागी हुने प्रयास थालेका थिए। सन् २०१६ देखि २०२० सम्म हरेक वर्ष दर्ता गरे पनि अडिसनका लागि बोलावट आएन। सन् २०२१ देखि भने उनी नियमित रूपमा अडिसनमा सहभागी भए। पटकपटकको प्रयासपछि सन् २०२६ मा उनको छनोट भएको हो।

कार्यक्रमको टोलीले मुम्बई बोलाउँदा उनको खल्तीमा जम्मा २४ रुपैयाँ मात्रै थियो। केबीसीको टोलीले प्रतियोगीको आवतजावत र बसोबासको खर्च बेहोर्ने भएकाले उनी मुम्बई पुगे। भूषणका अनुसार मुम्बई जाँदा खल्तीमा २४ रुपैयाँ थियो भने फर्किंदा एक करोड २४ लाख रुपैयाँ थियो।

उनले सात करोड रुपैयाँको प्रश्नको उत्तर दिनुभन्दा एक करोड रुपैयाँ लिएर खेल छाड्ने निर्णय गरे। पछि आफूले गरेको अनुमान सही भएको थाहा पाए पनि उक्त निर्णयप्रति कुनै पछुतो नरहेको उनले बताएका छन्।

बीबीसी हिन्दी सेवासँग कुरा गर्दै भूषणले एक करोड रुपैयाँ आफ्नो र परिवारको जीवनमा परिवर्तन ल्याउन पर्याप्त भएको बताएका छन्। जितेको रकमबाट सबैभन्दा पहिले आमाका लागि सुनका गहना किनिदिने र बुबालाई अब मजदुरी गर्न नदिने उनको योजना छ।

साथै, राम्रो सहरमा गएर स्तरीय कोचिङ संस्थानमा यूपीएससीको तयारीलाई निरन्तरता दिने उनको लक्ष्य छ।

संघर्षरत युवाहरूलाई सन्देश दिँदै भूषणले सपना देख्न र त्यसलाई पूरा गर्न निरन्तर प्रयास गरिरहन आग्रह गरेका छन्। करिब एक दशकदेखि देखेको सपना पूरा गर्न सफल भएको भन्दै उनले आफ्नो सफलतालाई मेहनत र धैर्यको परिणामका रूपमा लिएका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.