काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले आगामी पुस ३ गते सोह्रौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले पुस ३ गते शुक्रबार वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०८२र८३ को मुनाफाबाट सेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, सोही अवधिको नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरूमाथि छलफल गरी पारित गर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।