शुक्रबार, मंसिर ११,२०८३ 09:20:48
  • शुक्रबार, मंसिर ११,२०८३ 09:20:48
Global IME Bank Limited

विश्व सेयर बजारमा सुधार,तेल बढ्दा सुनको मूल्यमा गिरावट

Bizshala
विश्व सेयर बजारमा सुधार,तेल बढ्दा सुनको मूल्यमा गिरावट
New Office

काठमाडौं । अमेरिकाले प्रस्ताव गरेको नयाँ भन्सार शुल्कको प्रभाव अपेक्षाभन्दा कम हुने संकेत देखिएपछि बिहीबार विश्व सेयर बजारमा सुधार आएको छ। एसियाली बजारमा भएको वृद्धिको प्रभाव युरोपमा समेत देखिँदा युरोपेली सेयर बजारको प्रमुख सूचक करिब २ प्रतिशतले बढेको छ।

अमेरिकामा थ्याङ्क्सगिभिङ पर्वका कारण सेयर बजार बन्द रहे पनि एसएन्डपी ५०० र न्यास्ड्याक फ्युचर्स करिब ०.७ प्रतिशतले बढेका छन्। चीन, जापान र युरोपेली संघसहित १४ व्यापारिक साझेदारमाथि अमेरिकाले प्रस्ताव गरेको नयाँ भन्सार शुल्क तत्काल कार्यान्वयन नहुने र यसअघि जुलाईमा लगाइएको शुल्कमाथि थप नहुने आकलनले लगानीकर्तालाई राहत दिएको हो।

CG Motors
Garima Development Bank
IME remit

यसैबीच, युरोपेली केन्द्रीय बैंक (ईसीबी) को आगामी अध्यक्षमा स्पेनका केन्द्रीय बैंकर पाब्लो हर्नान्डेज डे कोस नियुक्त हुन सक्ने खबर सार्वजनिक भएको छ। क्रिस्टिन लागार्डको उत्तराधिकारीका रूपमा हेरिएका डे कोसले विद्यमान मौद्रिक नीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ। यस खबरले युरोपेली बजारमा भने खासै ठूलो प्रभाव पारेन।

बेलायतको इम्पेरियल ब्रान्ड्सको सेयर मूल्य १७.६ प्रतिशतसम्म बढेको छ। अमेरिकी कम्पनी अल्ट्रियाले उक्त कम्पनीलाई नगदमा खरिद गर्ने सम्भावनाबारे विचार गरिरहेको खबर सार्वजनिक भएपछि सेयरमा उछाल आएको हो। जापान टोब्याकोले पनि खरिद प्रस्ताव ल्याउने सम्भावना रहेको समाचार यसअघि सार्वजनिक भएको थियो।

यद्यपि, कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा भइरहेको ठूलो लगानी र त्यसको प्रतिफलप्रति लगानीकर्ताको चिन्ता कायमै छ। एनभिडियाको व्यवस्थापन तथा सञ्चालक समितिसम्बन्धी कमजोरी औँल्याउँदै एसएन्डपीले कम्पनीको क्रेडिट रेटिङ घट्न सक्ने सम्भावनासहित निगरानीमा राखेको छ।

अर्कोतर्फ, अमेरिकी केन्द्रीय बैंकले डिसेम्बरमा ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाउने सम्भावना ९८ प्रतिशत रहेको बजारको अनुमान छ। जापानको केन्द्रीय बैंकका अधिकारी नाओकी तामुराले मुद्रास्फीति नियन्त्रणका लागि ब्याजदर वृद्धि तीव्र बनाउनुपर्ने बताएका छन्।

मुद्रा बजारमा डलर सूचक १०३.७६ मा स्थिर रहँदा एक डलरको मूल्य १५९.२३ येन कायम भएको छ। उता, मध्यपूर्वमा तेल आपूर्तिमा अवरोध हुन सक्ने चिन्ताले ब्रेन्ट कच्चा तेलको मूल्य १.५ प्रतिशतले बढेर प्रतिब्यारेल ९६ डलर पुगेको छ। अमेरिकी कच्चा तेलको मूल्य पनि १.२ प्रतिशतले बढेर ८४.७२ डलर कायम भएको छ।

यसको विपरीत सुनको मूल्य ०.२ प्रतिशतले घटेर प्रतिऔँस ३ हजार ५७४ डलरमा झरेको छ। यस महिनामात्रै सुनको मूल्य करिब ८ प्रतिशतले घट्दै एक वर्षयताकै न्यून स्तरमा पुगेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.