काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ६१ दिनका लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
यसका लागि मंसिर ११ गते दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोल हुनेछ। निक्षेपको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ। संकलित निक्षेपको साँवा तथा ब्याज आगामी माघ १३ गते भुक्तानी गरिनेछ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले मात्र सहभागिता जनाउन पाउनेछन्। न्यूनतम १० करोडदेखि अधिकतम ४० अर्ब रुपैयाँसम्म प्रस्ताव गर्न सकिने व्यवस्था छ। प्रस्तावित रकम १० करोड रुपैयाँले भाग जाने हुनुपर्नेछ।
राष्ट्र बैंकले कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै निक्षेप बाँडफाँट गर्नेछ। समान ब्याजदरमा माग गरिएको रकम आह्वानभन्दा बढी भएमा समानुपातिक रूपमा बाँडफाँट गरिनेछ। यसरी राखिएको निक्षेप तोकिएको भुक्तानी मितिअघि फिर्ता गर्न पाइने छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।