काठमाडौँ । एनएमबी बैंकले कोर बैंकिङ प्रणाली (सीबीएस) स्तरोन्नति गर्ने भएकाले शुक्रबार राति ८ बजेदेखि आइतबार दिउँसो १ः३० बजेसम्म विभिन्न बैंकिङ सेवा बन्द गर्ने भएको छ ।
बैंकका अनुसार उक्त अवधिमा एटीएम कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा एटीएम सेवा सञ्चालन हुने छैनन् ।
त्यस्तै, बैंकले सञ्चालन गर्दै आएका होलिडे काउन्टर पनि मङ्सिर ४ र ६ गते बन्द रहने सूचनामार्फत जनाएको छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।