शुक्रबार, मंसिर ११,२०८३ 02:33:31
  • शुक्रबार, मंसिर ११,२०८३ 02:33:31
Global IME Bank Limited

बैंकर्स संघको नेतृत्वमा सुरेन्द्रराज रेग्मी, उपाध्यक्षमा रामचन्द्र खनाल निर्विरोध

Bizshala
बैंकर्स संघको नेतृत्वमा सुरेन्द्रराज रेग्मी, उपाध्यक्षमा रामचन्द्र खनाल निर्विरोध
New Office

काठमाण्डौ । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी निर्विरोध चयन भएका छन्।

संघको यसअघिको कार्यसमितिमा उपाध्यक्ष रहेका रेग्मी अध्यक्षमा निर्विरोध भएका हुन्। शुक्रबार साँझ आयोजना हुने संघको साधारणसभाबाट उनको निर्वाचनको औपचारिक घोषणा गरिनेछ।

संघको उपाध्यक्षमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल निर्विरोध चयन भएका छन्। यसअघि कार्यसमिति सदस्य रहेका खनाल उपाध्यक्षमा उक्लिएका हुन्।

संघमा पछिल्ला वर्षहरूमा उपाध्यक्षलाई अध्यक्ष बनाउने अभ्यास रहँदै आएको छ।

CG Motors
Garima Development Bank
IME remit

कार्यसमितिमा नयाँ अनुहार

निवर्तमान अध्यक्षसहित १० सदस्यीय कार्यसमिति रहने संघमा यसपटक केही नयाँ अनुहारसमेत प्रवेश गर्ने भएका छन्।

लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएका अजयविक्रम शाहको स्थान रिक्त भएको छ। बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट बाहिरिएसँगै संघको कार्यसमिति सदस्यता पनि स्वतः समाप्त हुने व्यवस्थाअनुसार उनको पद रिक्त भएको हो।

त्यस्तै, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले कार्यसमितिमा दुई कार्यकाल पूरा गरेकाले उनको स्थान पनि रिक्त हुनेछ।

यी दुई रिक्त स्थानमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्य र सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्याल आउने भएका छन्।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय भने थप एक कार्यकालका लागि कार्यसमिति सदस्यमा दोहोरिने भएका छन्।

यसैगरी, रामचन्द्र खनाल उपाध्यक्षमा चयन भएपछि रिक्त हुने कार्यसमिति सदस्य पदमा नयाँ कार्यसमितिले नियुक्ति गर्नेछ।

पूर्वबैंकर उपेन्द्र पौडेललाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

यसैबीच, नेपाल बैंकर्स संघले यस वर्षको 'लाइफ टाइम एचिभमेन्ट अवार्ड' पूर्वबैंकर उपेन्द्र पौडेललाई प्रदान गर्ने भएको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल (तत्कालीन ग्रिण्डलेज बैंक) बाट बैंकिङ करिअर अघि बढाएका पौडेलले एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन्।

उनी नबिल बैंकको सञ्चालक समितिका अध्यक्षसमेत भइसकेका छन्। पौडेलले नेपाल बैंकर्स संघको उपाध्यक्ष तथा अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए।

शुक्रबार साँझ आयोजना हुने विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उनलाई सम्मान गर्ने कार्यक्रम रहेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.