शनिबार, चैत्र १६,२०८१ 02:41:32
IME remit
  • शनिबार, चैत्र १६,२०८१ 02:41:32
IME remit
Global IME Bank Limited

'अर्थतन्त्रको टेवा पाए सकेजति सेयर किनेर बेल्ट कस्ने बेला हो'

भेटेरान लगानीकर्ता अम्बिका पौडेल भन्छन् -'ट्रेडरमध्ये ५% ले मात्र कमाउँछन्, बाँकी त रमाइलो गर्दै पैसा नाश गरेर जाने मात्र हो'

Hyundai Nepal
'अर्थतन्त्रको टेवा पाए सकेजति सेयर किनेर बेल्ट कस्ने बेला हो'
Nabil Bank Limited

-अम्बिकाप्रसाद पौडेल(सेयर बजारका भेटेरान लगानीकर्ता)

 

सेयर बजारको अहिलेको पोजिसन के हो ?

-अहिले बजारको अवस्था सामान्य हो । दीर्घकालीन लगानीकर्ताले राम्रा स्क्रिप्ट हेरेर लगानी गर्ने बेला पनि हो । जुन–जुन कम्पनीको नेटवर्थ राम्रो छ, रिटर्न राम्रो छ, पीई रेसियो १५ वा त्यो भन्दा तल छ, त्यस्ता कम्पनीको सेयर किन्ने सबैभन्दा उपयुक्त समय पनि हो । 

Shivam Cement
Bizshala
CG Motors

सेयर किन्दै गर्दा फण्डामेन्टल रुपमा बलिया कम्पनी हेर्नुपर्छ भन्ने तपाईको भनाई ?

-हो, एकदमै । किनभने पूँजीबजारमा धेरै व्यक्तिहरु आउनुहुन्छ, जानुहुन्छ । ट्रेडरहरुमध्ये कमाउने भनेको ५ प्रतिशतले मात्र हो । ९५ प्रतिशतले चाहिँ सेयर बजारमा आउने, रमाइलो गरेर, पैसा नाश गरेर जाने हो । कमाउने पाँच प्रतिशतमा पर्ने ट्रेडर भनेका चाहिँ २० औं, ३० औं वर्षको अनुभवप्राप्त लगानीकर्ता हुन् । नयाँले बजारमा आएर ट्रेडिङ गरेर कमाउँला भनेर सोच्नु वा सोच्ने भनेको एकदमै चामलको बियाँजस्तो हो ।  

"मौद्रिक नीतिले कहीँकतै नचलाइदियोस्, नछोइदेओस्, यो पूँजीबजारलाई अस्थिर बनाउने काम चाहिँ नगरोस्"

अब 'म चाहिँ एक्स्ट्रा अर्डिनरी छु, मसँग भयङ्कर नै नलेज छ' भन्ने हो भने त होला, होइन भने ट्रेडिङ गर्ने भनेको, सफल ट्रेडर बन्न पुरानै लगानीकर्तामध्ये पनि अधिकांशले सक्दैनन् । नयाँ त फस्ने नै हो । बरु तुलनात्मक रुपमा, आधारभूत पक्षले बलिया कम्पनी किनियो भने नयाँ लगानीकर्ताले पनि कुनै न कुनै बिन्दूमा पैसा कमाउन सक्छन् ।  

एकातिर तपाईहरुजस्ता भेटेरान लगानीकर्ता फण्डामेन्टल्ली बलियो कम्पनी हेर्नुपर्छ भन्नुहुन्छ । मिडियाहरुले पनि आधारभूत रुपमा बलिया कम्पनी नै किन्न सुझाइरहेका हुन्छन् । तर पछिल्लो समय नेपालको सेयरबजारमा अलिक फरक परिदृश्य देखिइँदैछ । खेलाडीहरुले चलाएको स्क्रिप्टको पछि लाग्ने, त्यसमै पैसा पनि बनाउने काम भइरहँदा कतिपयले फण्डामेन्टलकै पछि लाग्नु भ्रम मात्र हो भन्ने भाष्य निर्माण गरिरहेका देखिन्छ । यसमा तपाईको धारणा के हो ?

-सत्यचाहिँ जहिले पनि सत्य नै हुन्छ । फण्डामेन्टल रुपमा बलियो कम्पनीमा लगानी गर्दा राम्रो रिटर्न आउँदैन भन्ने गलत भाष्यको पछि कुद्नुहुन्न । लेखेर राख्नुहोला, नयाँमध्ये ९९ प्रतिशतले त नन्फण्डामेन्टल कम्पनीहरुको ट्रेडिङमा गुमाउने नै हो । ५–७ प्रतिशत कमाउनेमध्येमा पनि पुराना अरु ४ प्रतिशत जतिले कमाउने हो, अरुले गुमाउने नै हो । तर रमाइलो चाहिँ सबैलाई भयङ्कर नै लाग्छ । म कमाउँछु भन्ने नै लाग्छ । यो लाग्ने मात्र हो । बजारमा सबै कुरा टाइमले पनि सिकाउने हो । नयाँ लगानीकर्ताहरु आइरहँदा उहाँहरुलाई अहिले पनि त्यस्तो भ्रम भइरहन्छ । यदि कसैलाई यो कुरा पत्यार लाग्दैन भने उहाँहरुले भने हुन्छ नि ः हामीले यो नन्फण्डामेन्टल सेयरमा एकवर्षमा यति कमायौं भनेर । खेल्न चाहिँ लाखौंले खेले, ट्रेडर पनि भए । तर कमाउने कति भए त ? आज मैले यो कुरा भनिरहँदा उहाँहरुले सुन्नुभएकै होला, मम भनेर छातिमा हात राखेर भन्नुस्, कसैले कति बचाउनु भयो त ? १८०० बाट आज २७०० प्लसमा बजार चलिरहँदा नन्फण्डामेन्टल चलेर कति पैसा कमाउनुभयो ? एकदुईजना अपवादलाई छाडेर संख्यामा भन्नसक्छ कसैले ? एक प्रतिशत सफल होलान् नयाँमा, पुरानामा ४–५ प्रतिशत सफल होलान् । फरक त्यत्ति हो । सत्यलाई केही समय ढाँट्न, छेक्न, ओझेलमा पार्न सकिएला हाम्रो जस्तो वन वे मार्केटमा । तर नन्फण्डामेन्टलले कमाउँछ, फण्डामेन्टलले कमाउँदैन भन्ने कुरामा कत्ति पनि सहमत छैन । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अहिले बैंक ब्याजदर निकै सस्तो छ । सेयर धितोकर्जा पनि सहजै पाइन्छ । प्रणालीमा तरलता पनि प्रशस्त छ । यसरी हेर्दा अब बजारको साँढेले बुर्कुसी मार्न लागेको हो ? पेटी कस्ने बेला भएको हो ?  

-अहिले भनेको अर्थतन्त्रको आधारभूत इण्डिकेटरहरुले साथ नदिएको अवस्था हो । हामीले अहिले आएर थाहा पायौं कि ब्याजदर घट्नु मात्र सबै कुरा होइन रहेछ । र, पछिल्लो समयमा सरकार परिवर्तन सँगसँगै कम्पनीका लागि सेयरधितो कर्जाको लिमीट हटाइयो, जसका कारण लोन रकम बढ्यो पूँजीबजारमा । त्यसले बजारमा केही सपोर्ट गरेकै हो । धेरैको सोचाई थियो कि आधारभूत रुपमा नै अर्थतन्त्र चलायमान हुनेछ र गति लिनेछ । त्यसको पहिलो प्रतिक्रिया क्यापिटल मार्केटले दिएको थियो । त्यही भएर १८०० को बजार ३००० पुगेको थियो । त्यो भनेको समग्रमा ३३ प्रतिशतले बजार बढेको हो । र, लगानीकर्ताले जसरी सोंचे(अपेक्षा गरे), रिजल्ट त्योअनुसार नआएको हुनाले फेरि बजार करेक्सनमा गएको हो । अहिले पनि बजार अर्थतन्त्रले टेवा दिने आशामा २४०० बाट फर्किएर अघि बढिरहेको अवस्था हो । अब टेवा दिन सकेन भने बजार फेरि पनि लामो समय २५०० लेखि ३००० को बीचमा रुमलिनसक्छ । यदि इकोनोमिक इण्डिकेटरहरुले टेवा दिन सक्यो भने बजारका लागि बेल्ट कस्ने बेला हो । आफ्नो क्षमताअनुसार जति सकिन्छ, त्यति सेयर कलेक्सन गरेर बस्ने साह्रै उपयुक्त समय हो यो । मैले भनिहालेँ, यसमा सरकारी खर्च, नीति, सरकारी राजश्व र अर्थतन्त्रका अन्य क्षेत्र पनि चलायमान हुनैपर्छ ।  

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पूर्वसन्ध्यामा हामी कुराकानी गरिरहेका छौं । सेयर बजारका लगानीकर्ताको केही खास अपेक्षा छ ?

-हामी आर्थिक नीतिभन्दा मौद्रिक नीतिमा बढी निर्भर हुँदै गएका छौं । यथार्थमा भन्ने हो भने मौद्रिक नीतिले कहीँकतै नचलाइदियोस्, नछोइदेओस्, यो पूँजीबजारलाई अस्थिर बनाउने काम चाहिँ नगरोस् भन्ने मात्र सुझाव छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.