आईतवार, असार २१,२०८३ 01:37:24
Bizshala
  • आईतवार, असार २१,२०८३ 01:37:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निरन्तर प्रगति पथमा एभरेष्ट बैंकः एनपीएल घट्यो, इपीएस बढ्यो, वितरणयोग्य नाफमा उछाल

Laxmi Sunrise Bank Limited
निरन्तर प्रगति पथमा एभरेष्ट बैंकः एनपीएल घट्यो, इपीएस बढ्यो, वितरणयोग्य नाफमा उछाल

काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा एभरेष्ट बैंक लिमीटेडले खूद नाफा, वितरणयोग्य मुनाफा, खराब कर्जा अनुपात लगायतका मुख्य सूचकहरुमा राम्रो सुधार गरेको छ ।  

समीक्षा अवधिमा बैंकको खूद नाफा १ अर्ब १७ करोड रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १२ करोडमा सीमित थियो । 

New Office
CG Motors
Garima Development Bank

अघिल्लो वर्षको समान अवधिमा १ अर्ब ६१ करोड रहेको सञ्चालन मुनाफा बढेर १ अर्ब ६८ करोड पुगेको छ भने २ अर्ब १३ करोडमा सीमित खूद ब्याज आम्दानीमा पनि सुधार भई २ अर्ब ४० करोडको उचाई पार गरेको छ ।  

पहिलो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ४९ करोड रहेको छ, जुन अघिल्लो वर्षको यही अवधिमा २ अर्ब १५ करोड मात्र थियो ।  

नाफामा बढोत्तरीसँगै बैंकले वार्षिकीकृत प्रतिसेयर आम्दानीमा पनि सुधार गरेको छ । फलस्वरुप अघिल्लो वर्षको पहिलो त्रैमासमा ३४ रुपैयाँ ८५ पैसा रहेको इपीएस बढेर ३६ रुपैयाँ ४४ पैसा पुगेको छ ।  

अघिल्लो वर्ष यही अवधिसम्म १६.०७ प्रतिशत रहेको रिटर्न अन इक्वीटी घटेर १४.५१ प्रतिशतमा सीमित भएको छ भने रिटर्न अन एसेट पनि १.५७ प्रतिशतबाट ओरालो लागी १.२७ प्रतिशतमा सीमित बन्न पुगेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अघिल्लो वर्ष ०.७७ प्रतिशत रहेको खराब कर्जा घटेर ०.७४ प्रतिशतमा सीमित रहेको देखिएको छ, यो सुखद पक्ष हो ।  

नियामकीय व्यवस्थाका कारण बैंकले अघिल्लो वर्षको पहिलो त्रैमाससम्म लोन तथा अन्य सम्भावित जोखिम व्यवस्थापनका लागि इम्प्येरमेन्ट चार्जको रुपमा १० करोड ६७ लाख रकम छुट्याएकोमा यो वर्ष बढेर ४२ करोड ३१ लाख बढी राख्नुपरेको छ ।  

समीक्षा अवधिसम्म बैंकले ३ खर्ब १३ अर्ब ८९ करोड बढी निक्षेप संकलन गरी २ खर्ब २७ अर्ब  ३४ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म २ खर्ब ९८ अर्ब  ८१ करोड बढी निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब ४३ करोड बढी कर्जा परिचालन गरेको थियो । यसरी बैंकले निक्षेपसँगै कर्जा पनि बढाएको देखिन्छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ २५५.६९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७.५७ गुणा, तरलता अनुपात ३४.७० प्रतिशत कायम भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.