निरन्तर प्रगति पथमा एभरेष्ट बैंकः एनपीएल घट्यो, इपीएस बढ्यो, वितरणयोग्य नाफमा उछाल
काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा एभरेष्ट बैंक लिमीटेडले खूद नाफा, वितरणयोग्य मुनाफा, खराब कर्जा अनुपात लगायतका मुख्य सूचकहरुमा राम्रो सुधार गरेको छ । समीक्षा अवधिमा बैंकको खूद नाफा १ अर्ब १७ करोड रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १२ करोडमा सीमित थियो ।

