शनिबार, श्रावण ९,२०८३ 08:59:52
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 08:59:52
Bizshala
Global IME Bank Limited

एभरेष्ट बैंकद्वारा आईपीओ नपरेको रकम तथा ५ वर्षभन्दा पुरानो लाभांश रकम बुझिलिन आग्रह

एभरेष्ट बैंकद्वारा आईपीओ नपरेको रकम तथा ५ वर्षभन्दा पुरानो लाभांश रकम बुझिलिन आग्रह
New Office

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आईपीओ नपरेको रकम तथा भुक्तानी हुन बाँकी लाभांश रकम बुझिलिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै  बैंकको सयरको प्रारम्भिक निष्कासनको समयमा धितोपत्र खरिदका लागि पेस गरेकोमा आंशिक रुपमा सेयर परेर बाँकी रहेको रकम तथा सेयर नपरेको रकम र आव २०५२/५३ देखि २०७४/७५ सम्म यस बैंकको बिभिन्न सभाहरुमा पारित (पाँच बर्षभन्दा पुरानो) लाभाशं बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो ।  

यस्ता सेयरधनीहरु र लगानीकर्ताहरुलाई आफ्नो परिचयपत्रका साथ सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र बैंकको प्रधान कार्यालयमा रहेको सेयर शाखामा सम्पर्क राखी फिर्ता लिन बाँकी लगानी रकम तथा लाभाशं पुर्जा बुझिलिन बैंकले सूचित गरेको छ ।

 अन्यथा, फिर्ता लिन बाँकी रकम तथा लाभाशं रकम कम्पनी ऐन, २०६३ को दफा १८२(९), दफा १८३ (१) बमोजिम स्थापित ‘लगानीकर्ता संरक्षण कोष’ मा लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा संचालन कार्यविधि, २०७३ अनुसार पठाइने बैंकले स्पष्ट पारेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.