काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आईपीओ नपरेको रकम तथा भुक्तानी हुन बाँकी लाभांश रकम बुझिलिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको सयरको प्रारम्भिक निष्कासनको समयमा धितोपत्र खरिदका लागि पेस गरेकोमा आंशिक रुपमा सेयर परेर बाँकी रहेको रकम तथा सेयर नपरेको रकम र आव २०५२/५३ देखि २०७४/७५ सम्म यस बैंकको बिभिन्न सभाहरुमा पारित (पाँच बर्षभन्दा पुरानो) लाभाशं बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो ।
यस्ता सेयरधनीहरु र लगानीकर्ताहरुलाई आफ्नो परिचयपत्रका साथ सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र बैंकको प्रधान कार्यालयमा रहेको सेयर शाखामा सम्पर्क राखी फिर्ता लिन बाँकी लगानी रकम तथा लाभाशं पुर्जा बुझिलिन बैंकले सूचित गरेको छ ।
अन्यथा, फिर्ता लिन बाँकी रकम तथा लाभाशं रकम कम्पनी ऐन, २०६३ को दफा १८२(९), दफा १८३ (१) बमोजिम स्थापित ‘लगानीकर्ता संरक्षण कोष’ मा लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा संचालन कार्यविधि, २०७३ अनुसार पठाइने बैंकले स्पष्ट पारेको छ ।