बिहीबार, बैशाख ३१,२०८३ 04:32:06
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:32:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रतिकित्ता ३९०० सम्म पुगेको एभरेष्ट बैंकको सेयर हाल बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?

Laxmi Sunrise Bank Limited
प्रतिकित्ता ३९०० सम्म पुगेको एभरेष्ट बैंकको सेयर हाल बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
Shivam Cement

काठमाण्डौ । एभरेष्ट बैंक नेप्सेमा सूचिकृत १९ वटा वाणिज्य बैंकहरु मध्ये एक हो । यो बैंक भारतको पंजाब नेसनल बैंकको ज्वाइन्ट भेञ्चर बैंक हो । पंजाब नेसनल बैंक भारतमा सन् १९९४ मा स्थापित भएको थियो । नेपालमा यो बैंकका १२८ वटा शाखा रहेका छन् भने १६४ वटा एटीएम रहेका छन् ।  

आधारभूत पक्षः  

गत आर्थिक वर्षको चौंथो त्रैमासिक प्रतिबेदनअनुसार कम्पनीको चुक्तापूँजी ११ अर्ब ७६  करोड ७९ लाख रुपैंयाँ रहेको छ । कम्पनीको सेयर प्रिमियम २३ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिटेन अर्निङ ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा १२ अर्ब २५ करोड ८२ लाख रुपैंया रहेको कम्पनीको कुल पूँजी २७ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा ३ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।  

त्यसै गरि कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ३१.४५ रुपैंया रहेको छ भने बुक भ्यालु २३६ रुपैँया रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी १३.३२ रुपैँया र खराब कर्जा ०.७१ प्रतिशत रहेको छ ।  

Bizshala
New Office
CG Motors

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड

फियर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनी हाल ६० को तहमा बुलिस सेन्टिमेन्टमा चलेको छ । फियर एण्ड ग्रिड मिटर यदि २० भन्दा तल चलको छ भने स्ट्रङ वियरिस तथा ८० भन्दा माथि चलेमा स्ट्रङ बुलिस मानिन्छ । हाल यो कम्पनीको सेयर भाउ ६० को तहमा बुलिस सेन्टिमेन्टमा चलेको छ । कम्पनीको ५२ साताको उच्च मूल्य ७७० रुपैयाँ तथा न्यून मूल्य ४५३ रुपैंया रहेको छ । कम्पनीमा ५९.३ प्रतिशत संस्थापक र ४०.७७ प्रतिशत सर्वसाधारण समूहको स्वामित्व रहेको छ । कम्पनीको १० वर्षको औषत लाभांशदर करिब २७ प्रतिशत रहेको छ । हाल कम्पनीले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको बुक क्लोज हुन भने बाँकी नै रहेको छ ।  

बोलिङ्गर ब्याण्ड म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल मध्य ब्याण्ड भन्दा तल चलेको छ । अर्थात आज तल्लो ब्याण्डमा ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले कम्पनीको सेयर आगामी दिनमा रिभर्सल हुन सक्ने देखिन्छ । म्याक्डीमा यस अघि बनेको वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन् । आरएसआइ न्यूट्रल जोन भन्दा तल ४७ को तहमा चलको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा यो कम्पनीको सेयरमा हाल बिक्री दबाबमा चलको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ९३०

प्रतिरोध २ – ८६०

प्रतिरोध १–  ८००

पिभट प्वइन्टः६९२  

घटेमा सपोर्ट  

सपोर्ट १– ६७०

सपोर्ट २– ६००

सपोर्ट  ३ – ५४०

निष्कर्षः गत आर्थिक वर्षको तुलनामा कम्पनीको चुक्तापूँजी १० प्रतिशतले बढेको छ । कम्पनीको चुक्तापूँजी बढेता पनि त्यही अनुसार प्रतिसेयर आम्दानी र रिर्टन अन इक्विटी बुक भ्यालुमा खासै प्रगति भएको देखिदैन । तर कम्पनीको जगेडा कोष भने करिब २० प्रतिशतले बढेको छ ।

प्राविधिक रुपमा यस कम्पनीलाई नियाल्दा फियर एण्ड ग्रिड मिटरमा बुलिस सेन्टिमेन्टमा चलेको छ । म्याक्डीमा भने वियरिस क्रसओभर नै चलेको छ भने हिस्टोग्राम पनि नेगेटिभ नै चलेका छन् । यस हिसाबले कम्पनीको सेयर केही सयम साइडवेज पछि भने बुलिस यात्रा तय गर्न सक्छ । सन् २०१६ को बुलमा यो कम्पनीको सेयर भाउ ३९ सय सम्म पुगेको थियो । हाल कम्पनीको सेयर ६९२ मा अन्तिम कारोबार भएको छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.