काठमाडौं। गरिमा होल्डिङ्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्ने प्रस्तावसहित दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ५ गते आइतबार दोस्रो वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव छलफल गरी पारित गरिनेछ। त्यस्तै, गरिमा होल्डिङ्स लिमिटेड र अन्य कम्पनीहरूबीच एकआपसमा गाभ्ने वा गाभिने (मर्जर) तथा अन्य कम्पनीहरू प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत पेस हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।