काठमाडौं । निलगंगा हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले पुस १२ गते आइतबार वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरी छलफल तथा स्वीकृत गर्ने प्रस्ताव राखिनेछ। त्यस्तै, सोही आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ। साथै, सञ्चालकहरूको सेवा–सुविधासम्बन्धी प्रस्तावसमेत सभामा पेस हुनेछ।
कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रियालाई अगाडि बढाउन आवश्यक निर्णयसमेत साधारणसभाबाट गराउने भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।