काठमाडौं। हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू-भागका थोरै स्थानमा हुस्सु/तुवाँलो लागेको छ ।
महाशाखाका अनुसार आज देशको हिमाली क्षेत्रमा साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। देशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।