आईतवार, मंसिर १३,२०८३ 06:54:53
  • आईतवार, मंसिर १३,२०८३ 06:54:53
Global IME Bank Limited

डिपिआर तयार भएको चार वर्ष बित्यो, बनेनन् कोरला नाकाका पूर्वाधार

Bizshala
डिपिआर तयार भएको चार वर्ष बित्यो, बनेनन् कोरला नाकाका पूर्वाधार
New Office

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दा पनि निर्माण कार्य सुरु हुन सकेको छैन।

सरकारले विसं २०७९ फागुनमा कोरलानाकामा भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा पोस्टलगायतका संरचना निर्माण गर्न डिपिआर सर्भे गराएको थियो। त्यसका लागि नेपालतर्फ करिब एक हजार रोपनी जग्गासमेत सरकारका नाममा प्राप्ति गरिएको थियो। सितारा इन्टुसीप–फुलराइट जेभीले रु एक करोड लागतमा सर्भे गरी प्रतिवेदन सरकारलाई बुझाएको थियो।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले डिपिआर तयार भएको लामो समय बित्दासमेत निर्माण अघि नबढ्नु दुःखद् भएको बताए। उनका अनुसार महत्वपूर्ण वैकल्पिक व्यापारिक नाका बने पनि पूर्वाधार अभावले व्यापार व्यवस्थापन र पारवहन सञ्चालनमा कठिनाइ भइरहेको छ।

CG Motors
Garima Development Bank
IME remit

पछिल्लो समय कोरलानाकाबाट दैनिक ६० देखि ७० कन्टेनर र करिब १०० विद्युतीय गाडी नेपाल भित्रिने गरेका छन्। चालु आर्थिक वर्षको पहिलो चार महिनामै यस नाकाबाट रु १२ अर्बभन्दा बढी राजस्व सङ्कलन भइसकेको छ। गत वर्ष रु छ अर्बभन्दा बढी राजस्व उठेको थियो।

तर, सुक्खा बन्दरगाह र व्यवस्थित पार्किङस्थल नहुँदा कन्टेनर सडकमा राख्नुपर्ने तथा विद्युतीय गाडी खोला किनार र भिरछेउमा पार्किङ गर्नुपर्ने अवस्था छ। चार्जिङ स्टेसनको अभावले पनि सवारी व्यवस्थापनमा समस्या थपिएको आयातकर्ता कम्पनीका प्रतिनिधि धर्मवीर मण्डलले बताए।

कोरला नाकाको विकासका लागि विभिन्न तहका मन्त्री तथा सरकारी टोलीले अवलोकन गरे पनि निर्माणको ठोस काम अघि बढ्न सकेको छैन। यसै साता पुगेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको टोलीसँग स्थानीय जनप्रतिनिधिले पूर्वाधार निर्माण र पहुँचमार्ग सुधारलाई प्राथमिकता दिन माग गरेका थिए।

यसअघि नै लोमान्थाङ–४ न्हेचुङमा सरकारी कार्यालयका लागि जग्गा उपलब्ध गराइएको थियो। भन्सारका लागि १०९ रोपनी, अध्यागमनका लागि १२ रोपनी, नेपाल प्रहरीका लागि १३ रोपनी र सशस्त्र प्रहरीका लागि ३३ रोपनी जग्गा छुट्याइएको छ। सशस्त्र प्रहरीले भवन निर्माण गरिसकेको छ भने नेपाल प्रहरीले निर्माण प्रक्रिया अघि बढाएको छ। भन्सार र अध्यागमनका भवन भने अझै बन्न सकेका छैनन्।

व्यापारिक गतिविधि र राजस्व सङ्कलन बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले कोरलानाकाको व्यवस्थित सञ्चालनमा चुनौती थपिएको छ। स्थानीयले नाकाको सम्भावना उपयोग गर्न सरकारले निर्माण कार्य तत्काल अघि बढाउनुपर्ने माग गरेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.