काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना आधारभूत सेयरधनीहरूलाई हकप्रद सेयरबापतको रकम निर्धारित समयभित्र जम्मा गर्न आग्रह गरेको छ।
बैंकले हाल कायम रहेको साधारण सेयरको चुक्तापुँजीको २ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
बैंकले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको र थप प्रक्रिया अघि बढिरहेको जनाएको छ।
धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम हकप्रद सेयर निष्कासन गर्नुअघि सम्बन्धित संस्थाका सञ्चालकलगायत आधारभूत सेयरधनीहरूले आफूले लिनुपर्ने हकप्रद सेयरबराबरको रकम जम्मा गरिसकेपछि मात्र सर्वसाधारण समूहका सेयरधनीका लागि हकप्रद सेयरको दरखास्त खुला गर्नुपर्ने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार बैंकले आफ्ना आधारभूत सेयरधनीहरूलाई मंसिर २१ गतेभित्र आफूले लिनुपर्ने हकप्रद सेयरबापतको रकम जम्मा गरिदिन अनुरोध गरेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।