आईतवार, मंसिर १३,२०८३ 03:29:03
  • आईतवार, मंसिर १३,२०८३ 03:29:03
Global IME Bank Limited

आइतबारको सार्वजनिक बिदा खारेज गर्ने निर्णय, अब सातामा ६ दिन सेवा प्रवाह

इन्धन बचतको औचित्य नभएको निष्कर्ष, दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य तथा प्रशासनिक सेवा सहज बनाउने उद्देश्य

Bizshala
आइतबारको सार्वजनिक बिदा खारेज गर्ने निर्णय, अब सातामा ६ दिन सेवा प्रवाह
New Office

 

काठमाण्डौ । सगरमाथा रहेको सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले आइतबारको सार्वजनिक बिदा खारेज गर्ने निर्णय गरेको छ। नागरिकलाई स्वास्थ्य तथा प्रशासनिक सेवा प्रवाहमा असहजता भएको निष्कर्ष निकाल्दै गाउँपालिकाले आइतबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।

शनिबार सम्पन्न गाउँपालिकाको १२१औँ बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईले जानकारी दिएका छन्।

उनका अनुसार उक्त निर्णय आइतबारदेखि नै लागू भएको छ। अब गाउँपालिका कार्यालय, मातहतका सम्पूर्ण वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरू आइतबारसमेत नियमित सञ्चालन हुनेछन्।

इन्धन बचतको औचित्य नभएको निष्कर्ष

गाउँपालिकाले आफ्नो भौगोलिक अवस्था र स्थानीय यातायात प्रणालीलाई ध्यानमा राख्दै आइतबार बिदा दिने व्यवस्थाको औचित्य नभएको निष्कर्ष निकालेको छ।

गाउँपालिकाका अनुसार खुम्बु क्षेत्रमा अन्य सहरी क्षेत्रको तुलनामा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीसाधनको प्रयोग अत्यन्त न्यून छ।

यस्तो अवस्थामा इन्धन खपत घटाउने उद्देश्यले आइतबार सार्वजनिक बिदा दिँदा अपेक्षित लाभ नहुने तर नागरिकले प्राप्त गर्ने सेवामा भने प्रतिकूल असर पर्ने गाउँपालिकाको ठहर छ।

CG Motors
Garima Development Bank
IME remit

स्वास्थ्य सेवा प्रभावित भएपछि निर्णय परिवर्तन

विशेषगरी दुर्गम हिमाली क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन आइतबारको बिदाले समस्या सिर्जना गरेको गाउँपालिकाले जनाएको छ।

स्वास्थ्य संस्थाहरू आइतबार बन्द हुँदा बिरामी उपचार सेवाबाट वञ्चित हुने तथा आकस्मिक स्वास्थ्य सेवा प्रवाहमा समेत कठिनाइ उत्पन्न हुने गरेको गाउँपालिकाको भनाइ छ।

यस्तै, प्रशासनिक कामका लागि टाढाटाढाबाट आउने सेवाग्राहीलाई समेत बिदाका कारण असुविधा हुने गरेको थियो।

नागरिकलाई छिटोछरितो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले आइतबारको बिदा हटाइएको गाउँपालिकाले स्पष्ट पारेको छ।

अब कार्यालय समय कति ?

गाउँपालिकाको नयाँ निर्णयअनुसार आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन हुनेछन्।

शुक्रबार भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सेवा प्रवाह हुनेछ।

त्यस्तै, जाडोयाममा कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म कायम रहने गाउँपालिकाले जनाएको छ।

यो निर्णयसँगै खुम्बु पासाङल्हामु गाउँपालिकाका नागरिकले अब सातामा ६ दिन नियमित सरकारी सेवा प्राप्त गर्न सक्नेछन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.