आईतवार, मंसिर १३,२०८३ 03:08:14
  • आईतवार, मंसिर १३,२०८३ 03:08:14
Global IME Bank Limited

एयर ड्रायर र बिस्कुटको बट्टामा लुकाएर ल्याइएको ७ किलो थाई गाँजासहित विमानस्थलबाट ३ जना पक्राउ

थाइल्यान्डबाट बंगलादेश हुँदै नेपाल भित्र्याइएको गाँजा बरामद, एक भारतीय र दुई नेपाली नियन्त्रणमा

Bizshala
एयर ड्रायर र बिस्कुटको बट्टामा लुकाएर ल्याइएको ७ किलो थाई गाँजासहित विमानस्थलबाट ३ जना पक्राउ
New Office

 

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सात किलो लागुऔषध गाँजासहित तीन जना पक्राउ परेका छन्। थाइल्यान्डबाट बंगलादेश हुँदै नेपाल भित्र्याइएको उक्त गाँजा एयर ड्रायर र बिस्कुटको बट्टाभित्र लुकाएर ल्याइएको अवस्थामा बरामद भएको हो।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विमानस्थलमा शंकास्पद गतिविधि गर्ने यात्रुहरूको निगरानी तथा प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

ब्युरोका अनुसार शनिबार बीजी–३७१ नम्बरको उडानमार्फत नेपाल आएका एक भारतीय र दुई नेपाली नागरिकलाई शंकास्पद अवस्थामा फेला पारिएको थियो।

भारतीय नागरिक थाइल्यान्डबाट बंगलादेश हुँदै नेपाल आएका थिए भने दुई नेपाली नागरिक सोही उडानमार्फत बंगलादेशबाट नेपाल आएका थिए।

प्रहरीले उनीहरूको साथमा रहेका झोला जाँच गर्ने क्रममा एयर ड्रायर तथा कुकीज बिस्कुटका बट्टाभित्र लुकाएर राखिएको सात किलो गाँजा फेला पारेको जनाएको छ।

CG Motors
Garima Development Bank
IME remit

पक्राउ पर्नेमा एक भारतीय र दुई नेपाली

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित गोरखपुरका २८ वर्षीय सचिन दुबे, गुल्मीको चन्द्रकोट गाउँपालिकाका २७ वर्षीय रामु सार्की र बागलुङको बरेङ गाउँपालिका–३ का २८ वर्षीय सन्देश सुनार रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट सात किलो गाँजासहित तीन थान राहदानी र तीन थान मोबाइल फोनसमेत बरामद गरेको छ।

बरामद सामग्रीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ।

विशेषगरी विदेशबाट नेपाल भित्रिने यात्रुको सामानभित्र विद्युतीय उपकरण तथा खाद्यवस्तुका बट्टामा लुकाएर लागुऔषध ल्याइएको घटनाले तस्करीमा प्रयोग हुने तरिकामाथि थप अनुसन्धान आवश्यक देखिएको छ।

लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ परेका व्यक्तिहरूको संलग्नता, लागुऔषधको स्रोत तथा नेपालमा त्यसको सम्भावित गन्तव्यबारे अनुसन्धान गरिरहेको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.