चिनियाँबाट बरामद साढे २१ किलो सुन भन्सारमा, ‘नेक्सस’ खोज्दै प्रहरी
काठमाण्डौ । बूढानीलकण्ठबाट तीन चिनियाँ नागरिकसहित बरामद गरिएको २१ किलो ७५०.६८ ग्राम सुन प्रहरीले थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनसहित पक्राउ परेका तीनै चिनियाँ नागरिकलाई समेत भन्सार कार्यालय पठाएको जनाएको छ।कार्यालयका एसएसपी सन्तोष खड्काका...

